परिस्थिति अनुसारको मौद्रिक नीति आउँछ, सहन सक्नु पर्छ: गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2022 | 04:58:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हालको परिस्थिति अनुसारको मौद्रिक नीति आउने बताएका छन् । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका छन् ।

उनले अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने गरि मौद्रिक नीति आउने र त्यस्तो नीति आउँदा सबैले आ-आफ्नो ठाउमा केहि सहनु सक्नु पर्ने हुन सक्ने बताए। अर्थतन्त्रलाई ठिक ठाउँमा लैजानको केहि सहनु पर्दा अप्ठेरो मान्न नहुने उनको भनाई थियो  । गभर्नरलाई दिमागमा जे आयो , मौद्रिक नीतिमा त्यो नआउने उनले बताए । उनले अर्थतन्त्रको अवस्था हेरेर अर्थतन्त्रको माग अनुसारको मौद्रिक नीति आउने बताए । मौद्रिक नीतिको लागि राष्ट्र बैंकको टेक्निकल टिमले काम गरिरहेको उनले बताए 

उनले ५०० र १००० को भारु नोटको समस्या समाधानको लागि कुटनीतिक पहल भईरहेको बताए । आएका सुझावहरुलाई  राष्ट्र बैंक भित्र छलफल गरेर यथोचित स्थान दिने उनले उल्लेख गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved