'व्यवसायीलाई असर पर्दा सहयोग गर्यौ, अहिले अर्थतन्त्रलाई असर परेको बेला सहयोग गर्दिनोस्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2022 | 10:27:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले अहिले अर्थतन्त्रलाई असर परेको बेलामा सबैले सहजीकरण गरिदिनु पर्ने बताएका छन्  प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले मौद्रिक नतीका विषयमा छलफल गर्न आयोजना गरेको बैठकमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् 

हिजो व्यवसायीलाई असर परेका बेला राष्ट्र बैंकले सहजीकरण गरेको र  व्यवसायीहरूले सोचेको भन्दा पनि बढी सहुलियत दिएको उल्लेख गर्दै अहिले समग्र अर्थतन्त्रलाई असर परेकोले अन्यले सहजीकरण गरिदिनु पर्ने बताएका हुन् । उनले भने ' हिजो व्यवसायीलाई असर परेका बेला हामीले सहजीकरण गर्यौं, उहाँहरूले सोच्नुभएको भन्दा पनि बढी सहुलियत दियौं, अहिले समग्र अर्थतन्त्रलाई असर परेको छ, त्यतीबेला अन्यले सहजीकरण गरिदिनुपर्यो ।'

त्यस्तै उनले केहि सिमित घरानाले ठूलो ऋण लिने, र सानाहरु माथि आउन नपाउने विषयमा राष्ट्र बैंक गम्भीर रहेको बताए । त्यही घरानाको बैंक हुने, उद्योग हुने जस्ता कुराले पछि समस्या पर्न सक्ने उनले बताए। कुनै एउटा घराना डुब्दैमा समग्र अर्थतन्त्र डुब्ने अवस्था आउन नदिन राष्ट्र बैंकले काम गरिरहेको उनले बताए।

त्यस्तै उनले बाह्य क्षेत्रको दबाब कम गर्न अनावश्यक वस्तुको आयात कम गर्नु पर्ने बताए। आयात प्रतिस्थापन गर्न सकिने ठाउँ रहेको पनि उनले बताए । विलासिता र अनावश्यक वस्तुहरूको आयात कम गर्नु पर्ने उनको भनाई थियो । रेमिटेन्सको सन्दर्भमा नेपालमा वालेट लाई विदेशमा पनि चलाएर उतैबाट नेपालको कारोवार गर्न सकिने उनले बताए । त्यस्तै बैंक खाताबाट रेमिटेन्स आए १ प्रतिशत थप ब्याज दिने गरेको तर यस्तो खालको पोलिसी लिँदा अर्को क्षेत्रमा प्रभाव पर्ने हो कि भन्ने कन्सर्न पनि रहेको उनले उल्लेख गरे । शिक्षाको लागि ठूलो रकम बाहिर गएको विषयमा राष्ट्र बैंकले मन्त्रालयसँग छलफलमा गरिरहेको उनले बताए ।

गभर्नर अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्न भए पनि ब्याजदर बढाउनु पर्ने बताए। उनले मूल्यवृद्धि नियन्त्रण गर्न भए पनि ब्याजदर बढाउनु पर्ने बताएका हुन्

कोभिड पछि अधिकांश देशहरुले मूल्य वृद्धि खेपेको र  ती देशका केन्द्रिय बैंकले पनि मूल्य वृद्धि रोक्न  ब्याजदर वृद्धि गरेकोले मूल्यवृद्धि कन्ट्रोल गर्न ब्याज बढाउनु पर्ने उनले बताएका हुन् । उनले मूल्य वृद्धि लक्ष्यभन्दा माथि हुने बताए। चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएको उनले बताए ।

२००८/०९ को मन्दीमा पनि नभोगेको मूल्य वृद्धि विश्व अर्थतन्त्रले भोगेको र चालु आर्थिक वर्षमा मूल्यवृद्धि सीमाभित्र राख्न कठिन रहेको उनले उल्लेख गरे। मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने तथा कोभिडको समयमा दिएका सहुलित हटाउँदै लैजाने अभ्यास ठूला र विकसित अर्थतन्त्र भएका मुलुकले लिएकोले नेपालले पनि त्यहि अनुसार गर्नु पर्ने उनले बताए 

गभर्नरले आगामी दिनमा आयात नियन्त्रण गर्नु पर्ने दबाब रहेको बताए।  गभर्नर अधिकारीले पछिल्ला दिन बिदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स आप्रवाह बढेको बताए । त्यस्तै उनले नेपाल आउने पर्यटकको संख्या बढेको, बैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा पनि बृद्धि भएको र यसबाट बिदेशी मुद्राको सञ्चितिमा टेवा पुग्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved