नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2022 | 02:03:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि आज असार २७ गतेबाट एकिकृत कारोबार सुरु गरेको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेको हो । बैंकले आज साँझ होटेल हायातमा एकिकृत कारोबार शुभारम्भको लागि औपचारिक कार्यक्रम आयोजना गरेको छ  ।

दुवै बैंकको असार जेठ ७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गरेको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले असार १५ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते एकिकृत कारोबारको लागि स्वीकृति गरेको थियो । त्यस्तै दुवै बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने निर्णय  गरेको थियो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई  १००ः४३ को स्वापमा गाभेको हो ।  जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।

२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पूंजी  २२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब पुग्नेछ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved