असार लागेपछि बैंकहरुको निक्षेप ९४ अर्बले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2022 | 04:08:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिंङ प्रणालीमा निक्षेप बढेको छ भने कर्जा प्रवाह घटेको छ। अघिल्लो साताको तुलनामा गत साता कमर्शियल बैंकहरुको निक्षेप बढेको र कर्जा घटेको नेपाल बैंकर्स संघ, एनबिएले जनाएको छ। 

बैंकर्स संघकाअनुसार असार १७ गतेदेखि असार २४ गतेसम्म कमर्शियल बैकहरुको निक्षेप ६२ अर्बले बढेको छ भने यस अवधिमा कर्जा प्रवाह १० अर्बले घटेको छ। 

यस अवधिमा निक्षेप ६२ अर्बले बढेर ४४ खर्ब ३२ अर्बबाट ४४ खर्ब ९४ अर्ब पुगेको छ भने कर्जा लगानी १० अर्बले घटेर ४१ खर्ब ८४ अर्बबाट घटेर ४१ खर्ब ७४ अर्ब कायम भएको छ।   

असार महिना लागेपछि बाणिज्य बैंकहरुको निक्षेप ९४ अर्बले बढेको छ ।   जेठ ३१ गते बाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब रहेकोमा असार २४  गतेसम्ममा निक्षेप बढेर ४४ खर्ब ९४ अर्ब पुगेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved