सिद्धार्थ बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबल कारमा १०% सम्मको छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2022 | 06:01:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रा. लि.बीच बैंकका ग्राहक महानुभावहरुलाई केबल कारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख श्री अमित श्रेष्ठ तथा अन्नपूर्ण केबल कार प्रा. लि. का तर्फबाट महाप्रबन्धक श्री दिनेश पौडेलले हस्ताक्षर गरेका छन्

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अन्नपूर्ण केबल कार प्रा. लि. मा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी केबल कारको टिकट खरिद बापत १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्

यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ  उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved