साउनको लागि बैंकहरुले ब्याजदर नबढाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2022 | 02:39:12 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुले साउन महिनाको लागि ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले साउन  महिनाको लागि ब्याज दर नबढाउने सहमति गरेको हो ।

कार्यसमितिका एक सदस्यले बिजपाटीसँग भने ' साउनमा ब्याज नबढाउने सहमति भएको छ, अहिले कै ब्याजदरले निरन्तरता पाउने छ।' 

फागुन महिनाको लागि ब्याज बढाएका  बैंकहरुले त्यस यता चैत्र, बैशाख, जेठ र असारको लागि ब्याजदर स्थिर राखेका थिए । अब साउनमा पनि ब्याज नबढ्ने भएको हो । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा पटक पटक ब्याजदर बढ्नु पर्ने र ब्याजदर बढाउनु पर्ने बाध्यता रहेको  बताउदै आएका छन्।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved