बढी नाफा कमाउनेमा ग्लोबल आईएमई र एनआईसी एसिया अगाडी, कुन बैंकको कति? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2022 | 05:47:41 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांक अनुसार  २०७८ साउन महिनादेखि २०७९ जेठ महिनासम्मको अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ९५ करोड ४१ लाख खुद नाफा कमाएका हुन् 

जस मध्ये ग्लोबल आईएमईको खुद नाफा सबैभन्दा धेरै ४ अर्ब ८५ करोड रहेको छ । त्यस्तै एनआईसी एसियाको खुद नाफा ४ अर्ब ५९ करोड, तथा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब ९२ करोड रहेको छ । नबिल बैंकको खुद नाफा ३ अर्ब ८२ करोड, प्राइम कमर्शियल बैंकको खुद नाफा ३ अर्ब ५४ करोड, र एनएमबि बैंकको ३ अर्ब ३४ करोड रहेको छ । 

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ३ अर्ब २२ करोड, नेपाल बैंकको खुद नाफा २ अर्ब ९१ करोड, सिद्धार्थ बैंकको खुद नाफा २ अर्ब ८२ करोड तथा मेगा बैंकको खुद नाफा २ अर्ब ५७ करोड रहेको छ । कुमारी बैंकको खुद नाफा २ अर्ब ३६ करोड, कृषि विकास बैंकको खुद नाफा २ अर्ब १४ करोड, सानिमा बैंकको खुद नाफा २ अर्ब २ करोड र सिटिजन्स बैंकको खुद नाफा २ अर्ब १ करोड रहेको छ 

अन्य बैंकको खुद नाफा भने २ अर्ब भन्दा कम रहेको छ । जसमा एनसीसी बैंकको खुद नाफा १ अर्ब ९९ करोड, हिमालयन बैंकको १ अर्ब ९८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ९३ करोड, एभरेष्ट बैंकको १ अर्ब ९० करोड, सनराइज बैंकको १ अर्ब ७३ करोड, माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ६८ करोड र प्रभु बैंकको खुद नाफा १ अर्ब ६५ करोड रहेको छ 

 त्यस्तै डेढ अर्ब भन्दा कम खुद नाफा कमाउने ६ वटा बैंक रहेका छन् । जस अनुसार लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ४३ करोड, नेपाल एसबिआई बैंकको खुद नाफा १ अर्ब ४२ करोड, सेन्चुरी बैंकको १ अर्ब २९ करोड , नेपाल बंगलादेश बैंकको १ अर्ब २७ करोड, बैंक अफ काठमाडौँको १ अर्ब २५ करोड र सिभिल बैंकको खुद नाफा १ अर्ब २१ करोड रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved