नेपाल एसबिआई बैंकको एक्टेन्सन काउन्टर लुम्बिनी विकास कोष परिसरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 06:58:46 PM मा प्रकाशित

नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोष परिसर, लुम्बिनीमा एक्टेन्सन काउन्टर खोलेर आफ्नो सञ्जाल विस्तार गरेको छ । सो काउन्टरको उद्घाटन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव महामहिम इसाला रुवान विराकूनले गरेका हुन् ।

कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी विकास कोषलाई १०० वटा डस्टबिन हस्तान्तरण गरेको थियो । यस पहलले लुम्बिनी क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै पर्यटकीय तथा तीर्थयात्रीको आरामदायी बसाईमा समेत सहयोग पुग्ने बैंकको विश्वास छ ।

सोही अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव महामहिम इसाला रुवान विराकुनले पीओएस मेसिन मार्फत डिजिटल डोनेशनको पनि उद्घाटन गरेका छन्। डिजिटल डोनेशनको सुरुवात गर्नाले लाखौं स्वदेशी तथा विदेशी आगन्तुकहरूलाई सहज हुने बैंकको विश्वास छ।

बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved