सनराइज बैंकद्वारा अटिजम सम्बन्धि संस्थालाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 07:49:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले अटिजम सम्बन्धि संस्थालाई आर्थिक सहयोग गरेको छ  । बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैर नाफा मूलक संस्था “ विशेष स्कुल तथा पुनस्थापना केन्द्र’’लाई आर्थिक सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतिलाई रु.एक लाख पचास हजारको चेक हस्तान्तरण गरेकी हुन् । बैंकले उक्त रकम संस्थाको नयाँ भवन निर्माणको लागि प्रदान गरेको हो ।  

नेपाल लगायत विश्वव्यापी रुपमा अटिजम बढ्दै गइरहेको हालको परिप्रेक्षमा करिब १०० मा १ को अनुपातमा अटिजम रहको अनुमान छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved