सनराइज बैंकले भित्र्यायो २ अर्ब ३७ करोड वैदेशिक ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2022 | 12:02:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले तरलता अभावका बीच २ अर्ब अबधि वैदेशिक ऋण भित्र्याएको छ । सनराइज बैंकले  Symbiotics, SA, Geneva Switzerland बाट ३ वर्षको लागि अक्षेरुपी २ अर्ब ३७ करोड (अमेरिकी डलर रु. १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्राएको हो ।

देशमा तरलता अभाव रहेको अवस्थामा वैदेशिक ऋण भित्राउदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने बैंकले उल्लेख गरेको छ। उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण बिस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ । उक्त ऋण रकमले बैंकको तरलता केहि हदसम्म मजबुद पार्न मद्दत गर्ने बैंकको विश्वास छ ।

Symbiotics SA ले सन्राइज बैंकको वित्तीय सूचकाङ्क, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकाङ्कलाई समेत मध्यनजर गरि सो ऋण प्रदान गरेको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved