सेञ्चुरी बैंकको निक्षेप खर्बभन्दा माथि, सीडी रेसियो ८८ प्रतिशतमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 02:45:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले आव २०७८÷०७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार २६६ रुपैयाँ निक्षेप संकलन गरेको छ । २०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९३ अर्ब ४९ करोड रुपैयाँ थियो ।

बैंकिङ्ग क्षेत्रमा नै तरलताको संकटको वर्ष पनि बैंकले ७ अर्ब ९१ करोड अर्थात करिव साढे ८ प्रतिशतले निक्षेप वृद्धि गरेको छ । यस्तै, २०७९ असार मसान्तसम्ममा बैंकले कुल ९१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । यो रकम एक आर्थिक वर्ष अघिको तुलनामा १३ अर्ब ३७ करोड रुपैयाँले बढी हो । समिक्षा वर्षमा बैंकको कर्जा विस्तार करिव १७ प्रतिशतले भएको छ । 

साथै, बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.९८ प्रतिशत कायम भएको छ भने तरलता अनुपात (एलडी रेसियो) २५.०६ प्रतिशत कायम भएको छ । बैंकको खुद तरल सम्पत्ति (एनएलए) २५ प्रतिशतभन्दा बढी छ । 

 बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved