सानिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 03:34:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ । बैंकले नेपाली तथा विदेशी मुद्रा, अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरुमा महिनै पिच्छे ब्याज दिन लागेको हो ।

यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरुमा लागू भएको बैंकले जनाएको छ। साथै बैंकले न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ।

बैंकका अनुसार मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिनेछ । व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको छ ।त्यस्तै मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त व्याज तथा किस्ता रकम समेत महतीमा नै जम्मा हुने गरी १ देखि ५ बर्षको सानिमा रिकरिङ्ग खाता समेत सुरु गरेको छ। यसमा भविष्यमा ब्याज घट्ने चिन्ता समेत नरहने बैंकले जनाएको छ। सानिमा बैंकले  १२७ कार्यालय र १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved