आर्थिक वर्षको दोस्रो दिन मै १० अर्ब बढी आन्तरिक ऋण उठाउदै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 05:22:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्षको सुरुवात मै १० अर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले सोमबार १० अर्ब २० करोड ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल र ९१ दिन अवधिको ५ अर्ब २० करोडको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । यी दुवै पुरानो ट्रेजरी बिलको नवीकरण हुन्  ।  राष्ट्र बैंकले यस अघि जारी गरिएका ट्रेजरी बिल नवीकरण गर्न लागेको हो  ।

सोमबारको बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक ब्याज कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बंैकले सरकारलाई आवश्यकपर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ ।

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा रहेको छैन ।

 बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved