सिद्धार्थ बैंकको मुद्दती खातामा १० गुणासम्म प्रतिफल, ९० प्रतिशत कर्जा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 08:13:15 PM मा प्रकाशित

laxmi sunrise bank

सिद्धार्थ बैंकले निक्षेप रकमको १० गुणा सम्म प्रतिफल प्राप्त हुने 'सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता' सञ्चालनमा ल्याएको छ ।  बैंकका अनुसार व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ ।

यस मुद्दती खातामा ग्राहकले बैंकद्वारा तोकिएको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यसका अतिरिक्त, ग्राहकले आफ्नो साँवा रकमको ९० प्रतिशत सम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशत सम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले उल्लेख गरेको छ।  उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ।

सिद्धार्थ बैंकको १९० शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved