सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् बिच भुक्तानी सेवा सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 08:45:34 PM मा प्रकाशित

nepal oil ltd

 सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि. द्वारा संचालित मोको डिजिटल वालेटबिच सम्झौता भएको छ । दुई संस्थाबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हो।

यस सम्झौता संगै सन्राइज बैंकका ग्राहकहरुले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी बिल भुक्तानी जस्तै मोबाइल टपअप, इन्टरनेट, बिद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न तथा १५०० भन्दा बढी मर्चेन्टहरुमा क्यू आर कोड मार्फत भुक्तानी गर्न सक्नेछन्।

हालसम्म क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड मार्फत भुक्तानी गर्दा पिओएस मा वा इकमर्स मार्फत मात्र कारोबार गर्न सक्ने भएकोमा अब उप्रान्त क्रेडिट कार्डलाई मोको एपमा लिंक गरेपश्चात क्यू आर कोड स्क्यान गरेर समेत भुक्तानी कारोबार गर्न सक्ने भएकाले यो सेवाले डिजिटल भुक्तानीको बृद्धीमा थप सहयोग पुयाउने बैंकको बिश्वास रहेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved