एक सातामै कमर्शियल बैंकहरुको निक्षेप ४७ अर्बले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2022 | 01:08:22 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक बर्षको अन्तिम साता बैंकिंङ प्रणालीमा उल्लेख्यरुपमा निक्षेप संकलन भएको छ भने न्यून अंकले मात्र कर्जा प्रवाह बढेको छ। एक सातामा निक्षेप ४७ अर्बले बढ्दा कर्जा १ अर्बले मात्र बढेको नेपाल बैंकर्स संघ, एनबिएले जनाएको छ। 

एनबिए का अनुसार असार २४ गतेदेखि ३२ गतेसम्म कमर्शियल बैंकहरुको निक्षेप ४७ अर्बले बढेको छ भने यस अवधिमा कर्जा १ अर्बले मात्रै घटेको छ। 

निक्षेप ४७ अर्बले बढेर ४४ खर्ब ९४ अर्बबाट ४५ खर्ब ४१ अर्ब पुगेको छ भने कर्जा लगानी ४१ खर्ब ७४ अर्बबाट बढेर ४१ खर्ब ७५ अर्ब पुगेको छ।  

सामान्यतया असार महिनामा बैंकहरुमा निक्षेप संकलन अन्य महिनाको तुलनामा बढी हुने र कर्जा परिचालन कम हुने देखिन्छ। 

सोहि कारणले पनि असार महिनामा निक्षेप उल्लेख्यरुपमा बढेको छ भने कर्जा सामान्य मात्रै १ अर्बले बढेको देखिएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved