बैंकहरुको निक्षेप ३४० अर्बले बढ्यो, नबिल पहिलो हुँदा अरुको कति वृद्धि ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2022 | 02:04:04 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक बर्षमा कमर्शियल बैंकहरुले निक्षेप संकलन भन्दा बढी कर्जा लगानी गरेका छन्। चालू आर्थिक बर्षमा बैंकहरुले ३ खर्ब ४० अर्ब निक्षेप संकलन गर्दा ४ खर्ब ५४ अर्ब कर्जा लगानी गरेको कमर्शियल बैकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघ, एनबिए ले जनाएको छ। 

एनबीए का अनुसार एक आर्थिक बर्षमा निक्षेप ३ खर्ब ४० अर्ब ५ करोडले बढेर ४५ खर्ब ४१ अर्ब ४४ करोड पुगेको छ भने कर्जा लगानी ४ खर्ब ५४ अर्ब ९ करोडले बढेर ४१ खर्ब ७४ अर्ब ८४ करोड पुगेको छ। 

त्यस्तै असार मसान्तमा मात्रै कमर्शियल बैंकहरुको निक्षेप १ खर्ब ४० अर्ब ९८ करोडले बढेको छ भने कर्जा लगानी १८ अर्ब ३५ करोडले घटेको छ। 

त्यस्तै एक आर्थिक बर्षमा ३ खर्ब ४० अर्ब ५ करोड निक्षेप संकलन हुँदा सबै भन्दा बढी निक्षेप नबिल बैंकले संकलन गरेको छ भने कर्जा लगानीमा पनि नबिल बैकं नै अगाडी रहेको छ। नबिल बैकंले यो आर्थिक बर्ष १ खर्ब १ अर्ब ५४ करोड निक्षेप संकलन गरि १ खर्ब ३ अर्ब ४५ करोड कर्जा लगानी गरेको छ। 

त्यस्तै निक्षेप संकलनमा नबिल बैंकलाई नेपाल बैंक र नेपाल कमर्शियल बैंकले पछ्याएका छन्। यस अवधिमा नेपाल बैंकले ३३ अर्ब ५६ करोड निक्षेप संकलन गरि ३५ अर्ब ८७ करोड कर्जा लगानी गरेको छ। त्यस्तै एनसीसी बैकले ३० अर्ब ७१ करोड निक्षेप संकलन गरि २७ अर्ब २ करोड कर्जा लगानी गरेको छ। 

एक बर्षमा ३ खर्ब ४० अर्ब निक्षेप संकलन भएपनि यो आर्थिक बर्ष नेपाल बंगलादेश बैंक र राष्ट्रिय बाणिज्य बैंक तथा एनआईसी एसिया बैंकको  निक्षेप ऋणात्मक रहेको छ। नेपाल बंगलादेश र राष्ट्रिय बाणिज्य बैंक तथा एनआईसी एसियाको निक्षेप क्रमश: ८९ अर्ब ३८ करोड, ७ अर्ब ४६ करोड र ५ अर्ब २७ करोडले घटेको छ। नेपाल बंगलादेश बैंकको कर्जा लगानी पनि ७७ अर्बले घटेको छ। 

त्यस्तै आर्थिक बर्षको अन्तिम महिना अर्थात असारमा मात्रै निक्षेप १ खर्ब ४० अर्ब ९८ करोडले बढेको छ भने कर्जा १८ अर्ब ३५ करोडले घटेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved