मनी चेन्जरहरुलाई डलर सटहीको सीमा तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2022 | 02:31:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मनी चेन्जरहरुलाई डलर सटहीको लागि सीमा तोकेको छ । राष्ट्र बैंकले आज बुधबार एकिकृत निर्देशन जारी गर्दै मनीचेन्जरले विदेश जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम २०० डलर मात्र सटही सेवा दिन पाउने ब्यबस्था गरेको हो ।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र -२०७८ मा संशोधन गर्दै यस्तो ब्यबस्था गरेको हो । 

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ 'एकीकृत परिपत्र-२०७८ को एकीकृत इ.प्रा. परिपत्रः ०७/२०७८ को दफा १ को खण्ड (ख) मा देहायबमोजिम बँदा नं. ४ थप गरिएको छ :नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम (४) को खण्ड (घ) को व्यवस्था बमोजिम परिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त गर्ने मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापत अधिकतम अमेरिकी डलर २०० (दुई सय मात्र) सम्मको सटही सुविधा प्रदान गर्न सक्नेछन् ।'

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved