एनआईसी एसिया बैंकको खुद नाफा ४ अर्ब ५३ करोड, ईपीएस ३९.१३ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2022 | 08:17:01 AM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक लिमिटेडले गत आ.व. २०७८/७९ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आ.व. २०७८/७९ मा  ४ अर्ब ५३ करोड खुद नाफा कमाएको छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो ।

 बैंकको स्व–पूँजीमा प्रतिफल (ROE) १९.६५ प्रतिशत रहेको छ भने प्रति शेयर आम्दानी ३९.१३ रुपैयाँ रहेको छ । बैंकले निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राखेको छ । त्यसै गरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र Tier 1 Capital Adequacy Ratio (Including Capital Conservation Buffer) ८.९३ प्रतिशत रहेको छ ।

बैंकले आ.व. २०७८/७९ को चौथो त्रयमाससम्ममा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरू मार्फत  सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेको छ ।  

बैंकले २५ वर्ष पुगेको अवसरमा रजत जयन्ति मनाउने तयारी गरिरहेको छ ।   आर्थिक वर्ष ०५६/०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनीको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जसको प्रतिफल आजको बजार मुल्यमा रु. ९,५२०.९७ बराबर रहेको बैंकले जनाएको छ ।

बैंकले हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको जनाएको छ।

बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved