मौद्रिक नीतिको तयारी: राष्ट्र बैंकको बोर्ड बैठक बोलाईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2022 | 06:36:54 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीतिबारे छलफल गर्न नेपाल नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठक बोलाईएको छ । शुक्रबार बिहान ८ बजेको लागि राष्ट्र बैंकको  बोर्ड बैठक बोलाईएको हो 

बोर्ड बैठकमा छलफल भएर पारित भए शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । यद्यपि बोर्ड बैठकले थप समय लिएमा शुक्रबार मौद्रिक नीति नआउँन सक्छ। 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवालाई आज मौद्रिक नीतिबारे ब्रिफिङ गरिसकेका छन् । यस संगै  अब राष्ट्र बैंकको संचालक समितिले पारित गरेको खण्डमा शुक्रबार मौद्रिक नीति आउने छ । राष्ट्र बैंकको संचालक समितिमा राष्ट्र बैंकका गभर्नर, दुवै जना डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सचिव, र अन्य ३ जना विज्ञ सदस्य रहने ब्यबस्था छ 

आगामी मौद्रिक नीतिलाई चासोका साथ हरिएको छ । राष्ट्र बैंकका गभर्नरले पटक पटक कडा मौद्रिक नीति ल्याउने बताईरहेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा  उनले देशको अवस्था,  आवश्यकता र परिस्थिति अनुसार नीति ल्याउने बताउने गरेका छन् । उनले बढ्दो मूल्यवृद्धिलाई रोक्न भए पनि ब्याजदर बढाउनु पर्ने तथा कोभिडको बेला दिइएको सहुलियत बन्द गर्नु पर्ने बताउदै आएका छन् । उनले अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने गरि मौद्रिक नीति आउने र त्यस्तो नीति आउँदा सबैले आ-आफ्नो ठाउमा केहि सहनु सक्नु पर्ने हुन सक्ने बताउने गरेका छन्। अर्थतन्त्रलाई ठिक ठाउँमा लैजानको केहि सहनु पर्दा अप्ठेरो मान्न नहुने उनले दोहोर्याउने गरेका छन् । 

त्यस्तै शेयर लगानीकर्ताहरुले शेयर धितोकर्जामा लगाईएको ४/१२ को सीमा पुनरावलोकन गर्नु पर्ने माग गर्दै आएका छन् । लगानीकर्ताहरु ४/१२ को सीमा शेयरधितो कर्जाको जोखिम भारको विषयलाई मौद्रिक नीतिले सम्बोधन गर्ने अपेक्षामा छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved