
अबदेखि ब्याजमा दुईथरी व्यवस्था लागू हुने भएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको लागि जारी गरेको मौद्रिक नीति मार्फत ब्याजमा दुईथरिको व्यवस्था गरेको हो।
कृषि तथा उत्पादनशिल क्षेत्रमा जारी हुने कर्जाको लागि आधार दर मा दुई प्रतिशत थप गरि ब्याज लिन पाइने गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका व्यवस्था सुनाउने क्रममा बताए।
त्यस्तै कसम कति प्रतिशत ब्याज निर्धारण गरिनेबारे केहि नबताएपनि उनले मार्जिन प्रकृतिका कर्जामा सम्भवत: बढी ब्याज लिईन पाइने व्यवस्था मौद्रिक नीति मार्फत गरिएको उनले बताए।
बढ्दो ब्याजदरका कारण उद्योग व्यसाय संचालन गर्नका लागि अप्ठ्यारो भएको भन्दै बिभिन्न सरोकारवालाहरुले दुई थरिका ब्याजको व्यवस्था गर्नलाई अनुरोध गर्दै आएका थिए।