बिओकेका ग्राहकलाई बायो डाईग्नोष्टिक प्याथ ल्याबमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2022 | 08:35:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा २५% छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपाल बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २५% छुट उपलब्ध गराउने सम्झौता भएको छ  ।

यस सम्झौता पश्चात् ग्राहकले बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्य सम्बन्धी सेवाहरुमा एकमुष्ठ २५%को छुट पाउने छन्। उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाण्डौंको सुकेधाराबाट सेवाग्राहीहरुलाई ल्याब सम्बन्धी गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।  

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved