६ दिन मै वाणिज्य बैंकहरुको ६३ अर्ब निक्षेप घट्यो, सिडी रेसियो ८७.७५ प्रतिशत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 03:37:00 PM मा प्रकाशित

laxmi  sunrise bank

साउनको पहिलो साता बैंकिंङ प्रणालीमा निक्षेप घटेको छ । एक साता मै बाणिज्य बैंकहरुको निक्षेप ६३ अर्बले घटेको बैंकर्स संघले जनाएको छ ।

संघका अनुसार असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा साउन ६ गतेसम्ममा बैंकहरुको निक्षेप ६३ अर्बले घटेर ४४ खर्ब ७८ अर्ब पुगेको छ ।

यस अवधिमा कर्जा प्रवाह पनि १० अर्बले घटेको छ । संघका अनुसार असार ३२ गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रहेकोमा साउन ६ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह १० अर्बले घटेर ४१ खर्ब ६५ अर्ब पुगेको छ । 

यस अवधिमा  बैंकहरुको सिडी रेसियो ८७.७५ प्रतिशत रहेको संघले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved