
 2mb (1).gif)
नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी लि.को प्राङ्गणमा एटिएम संचालनमा ल्याएको छ । सोमवार नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बिमा कम्पनी लि.का संचालक समिति सदस्य प्रकाश कुमार अधिकारीले उक्त एटिएमको उद्घाटन गरेका हुन्।
नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको जनाएको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवा प्रदान गरिरहेको उल्लेख अग्रेको छ ।
दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको बैंकको दाबी छ।