
 2mb (1).gif)
सिद्धार्थ बैंकका ग्राहकहरुले नोभा अस्पतालमा छुट पाउने भएका छन् । सिद्धार्थ बैंक र धनगढी स्थित नोभा अस्पताल प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदुरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारी तथा नोभा अस्पताल प्रा. लि. का तर्फबाट प्रशासन अधिकारी सुमन भट्ट पनेरुले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले नोभा अस्पताल प्रा. लि. मा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन्।
यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।