नेपाल बैंक र एनसेल बीच सम्झौता, एप चलाउँदा निशुल्क सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2022 | 03:44:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटा बीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत  कृष्ण बहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले  हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुशार नेपाल बैंकमा खाता भएका ग्राहकहलाई एनसेलको सिम प्रयोग गरि नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ । नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुबिधा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन ।

डिजिटल बैकिङ्गलाई प्रबद्र्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एनसेलसंग सहकार्य गरी नेपाल बैंकका ग्राहकलाई  यस बैंकको मोवाइल बैकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था भएकोमा खुशि व्यक्त गरे । आगामी दिनहरुमा एनसेल एक्सीयाटासंगको सम्बन्ध थप मजबुत हुने विश्वास पनि उनले व्यक्त गरे ।  एनसेल एक्सीयाटाका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले नेपालको पहिलो बैंकसंग व्यवसायीक साझेदारी गर्न पाउदा आफू निकै हर्षित भएको बिचार व्यक्त गरे ।

बैंकले नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved