एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड, ईपीएस २६ रुपैयाँ ८९ पैसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2022 | 08:11:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा एभरेष्ट बैंकको खुद नाफा ४३.७७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा १ अर्ब ७७ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर २ अर्ब ५४ करोड पुगेको हो ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासिक विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड रहेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले बढेर ५ अर्ब ४२ करोड पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३२.८८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.८२ प्रतिशत बढेको छ। त्यस्तै बैंकको निक्षेप ७.८१ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब पुगेको छ भने कर्जा प्रवाह १३.९३ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब पुगेको छ । बैंकको खराब कर्जा ०.२४ प्रतिशत रहेको छ । 

९ अर्ब ४६ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १३ अर्ब २२ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ ८९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २३९ रुपैयाँ ७१ पैसा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved