
 2mb (1).gif)
लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको कार्यकाल थप भएको छ । बैंकको साउन ११ गते बसेको संचालक समितिको बैठकले सीइओ शाहको कार्यकाल ४ वर्षको लागि थप गर्ने निर्णय गरेको हो ।
यस संगै शाह २०८३ सम्म बैंकको सीइओ रहने छन् । उनी २०७५ कार्तिकमा बैंकको सीइओ नियुक्त भएका थिए । लक्ष्मी बैंकमा उनी १९ बर्षदेखि आवद्द छन्।
शाहले स्यान्डर्ड चार्टर्ड बैंकबाट आफ्नो बैंकिङ यात्रा सुरु गरेका थिए। उनले त्यहाँ १० बर्ष काम गरेका थिए।