सिटिजन्स बैंकका ग्राहकलाई एपोलो डाइग्नोेस्टिक केन्द्रमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 05:48:16 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिटिजन्स बैंकका ग्राहकले एपोलो डाइग्नोेस्टिक केन्द्रमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक र धुम्बाराही काठमाडौं स्थित “क” वर्गको एपोलो डाइग्नोेस्टिक केन्द्र बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एपोलो डाइग्नोेस्टिक केन्द्रका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved