प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने पक्का, आजै सम्झौतामा हस्ताक्षर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 08:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने भएका छन् । २ बैंकबीच आज नै मर्जर तथा प्राप्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

यो समाचार तयार पार्दासम्म दुवै बैंकका संचालक समितिका सदस्य, मर्जर कमिटीका सदस्य र उच्च ब्यबस्थापकहरु राजधानीको एक होटेलमा जम्मा भएका छन् । सम्झौताको लागि आवश्यक कागजात तयार पार्ने क्रम भईरहेको र आज नै सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको एक संचालकले बिजपाटीलाई बताए ।

विगत लामो समयदेखि प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने चर्चा बजारमा थियो । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रभु बैंकको अन्तिम शेयर मूल्य प्रति कित्ता २३१ रुपैयाँ रहेको छ भने सेन्चुरीको शेयर मूल्य १९३ रुपैयाँ रहेको छ ।  

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु आगामी पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७९/८० कोमौद्रिक नीति सार्वजनिक गर्दै  पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको हो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved