सम्मानजनक हैसियतमा प्रभुमा गाभिने भयो सेन्चुरी बैंक, २ बैंकबीच सम्झौतामा हस्ताक्षर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 09:10:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने भएका छन् । २ बैंकबीच आज मर्जर तथा प्राप्ति सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार सेन्चुरी बैंक सम्मानजनक हैसियतमा प्रभु बैंकमा गाभिने छ । मर्जर तथा प्राप्तिको लागि १:१ को प्रारम्भिक स्वाप तय भएको छ । अन्तिम स्वाप भने डिडिए रिपोर्ट अनुसार तय हुने बताईएको छ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको संचालक समितिमा प्रभु बैंकका ४ संचालक रहने छन् भने सेन्चुरी बैंकबाट ३ संचालक रहने छन् । सीइओमा हालका प्रभु बैंकका सीइओले नै निरन्तरता पाउने छन् भने हालका सेन्चुरी बैंकका सीइओ मर्जरपछि बन्ने बैंकमा डेपुटी सीइओ रहने छन् । 

विगत लामो समयदेखि प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने चर्चा बजारमा थियो । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रभु बैंकको अन्तिम शेयर मूल्य प्रति कित्ता २३१ रुपैयाँ रहेको छ भने सेन्चुरीको शेयर मूल्य १९३ रुपैयाँ रहेको छ ।  

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु आगामी पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७९/८० कोमौद्रिक नीति सार्वजनिक गर्दै  पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको हो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved