नबिल बैंकको संचालक समितिमा हेरफेर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2022 | 09:20:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकको संचालक समितिमा हेरफेर भएको छ । बैंकमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने संचालक हेरफेर भएको हो 

बैंकका संचालक  उदय कृष्ण उपाध्याय (प्रतिनिधी: संस्थापक शेयरधनी) ले दिएको राजिनामा बैंकको साउन १३ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।  सोहि बैठकले  बैंकको संस्थापक शेयरधनी  आई.एफ.आई.सी. बैंक लिमिटेडको तर्फबाट  ए.आर.एम. नजमुस शकिबज्यूलाई आगामी साधारणसभासम्मको लागि सञ्चालक नियुक्त गर्ने निर्णय छ ।

बैंकको संस्थापक शेयरधनी एन.बी. (ईण्टरनेशनल) लि. को तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका सञ्चालकहरू मलय मुखर्जी र निर्वाण कुमार चौधरीको पदावधी क्रमश: २०७९/४/३१ र २०७९/८/५ सम्म मात्र बहाल रहेको हुँदा बैंकले उनीहरुको कार्यकाल थप गरेको छ  । 

बैंकको साउन १३ गते बसेको संचालक समितिको बैठकले  मलय मुखर्जी र निर्वाण कुमार चौधरीलाई क्रमश: २०७९/५/१ र २०७९/८/६ गते देखि लागुहुने गरी आगामी साधारणसभासम्मको लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved