ब्याजदर बढ्न नदिन राष्ट्र बैंकले उठायो 'बोल्ड' कदम, बैंकहरुलाई पढायो गतिलो पाठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2022 | 02:00:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैकले अघिल्लो हप्ता बोलकबोलमा 'बठयाई' गरेका बैंक वित्तीय सँस्थालाई गतिलो जवाफ दिएको छ। गत साता  बैंकहरुले ट्रेजरी बीलमा १३. ९९ प्रतिशत अर्थात झन्डै १४ प्रतिशत ब्याज कबोल गरेकाले हिजो सोमबार बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गरेको हो। 

हिजो सोमबार राष्ट्र बैंकले ९१ दिन अवधिको ५ अर्ब १० करोड र १८२ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोलमा ल्याएको थियो । जसमा ९१ दिन अवधिको ५ अर्ब १० करोडको ट्रेजरी बिलको लागि २७ बैंक तथा वित्तीय संस्थाले ९८ वटा विड मार्फत १० अर्ब ३ करोडको र १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलमा १८ बैंक तथा वित्तीय संस्थाले ७४ वटा विड मार्फत ६ अर्ब ३१ करोड बराबरको बोलकबोल पेश गरेका थिए।

तर राष्ट्र बैंकले ९२ दिने अवधिको ५ अर्ब १० करोडको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थालाई १२ करोड रुपैयाँको मात्रै ट्रेजरी बिल नवीकरण गरेर ४ अर्ब ९० करोड रुपैयाँको आफैंले खरिद गरेको छ। त्यस्तै १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलमा बैंक वित्तीय संस्थालाई १० करोडको मात्रै ट्रेजरी बिल नबिकरण गरेर ४ अर्ब ९० करोड राष्ट्र बैंक आफैंले खरिद गरेको हो।  

५ अर्ब १० करोडको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थाले बोलकबोल गरेको ब्याजको औषत ११. प्रतिशत भएकाले नेपाल राष्ट्र बैंकले आफैले कम्तिमा  यहि प्रतिशत ब्याजमा ४ अर्ब ९० करोड रुपैयाँको ट्रेजरी बिल आफैं खरिद गरेको देखिन्छ।  त्यस्तै १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलमा औषत बोलकबोल ब्याज १०.९९ प्रतिशत भएकाले यहि दरमा राष्ट्र बैंक आफैले ४ अर्ब ९० करोडको ट्रेजरी बिल आफैं खरिद गरेको देखिन्छ।  नबिकरण होस् वा नयाँ होस्, ट्रेजरी बिलमा न्युनतम र अधिकतम बोलकबोलको आधारमा औषत ब्याजदर निकालेर त्यस दरमा ट्रेजरी बिल खरिद गरिन्छ। 

ब्याजदर बढ्न नदिनलाई राष्ट्र बैकको कदम सकारात्मक 

अघिल्लो साता बैक वित्तीय सँस्थाले अधिकतम अर्थात १४ प्रतिशत ब्याज बोलकबोल गरेकाले राष्ट्र बैंक आफैंले ट्रेजरी बिल किन्ने निर्णय सकारात्मक भएको पुर्व बैंकर परशुराम कुवँर क्षेत्रीले बिजपाटीलाई बताए। 

"नेपाल राष्ट्र बैंकले अघिल्लो साता जस्तै बैंक वित्तीय सँस्थालाई नै उनीहरुले कबोल गरेको दरमा ट्रेजरी बिल बिक्रि गरेको भए ब्याजको दर बढेर थामी नसक्नु हुन्थ्यो" क्षेत्री भन्छन, "ट्रेजरी बिलको ब्याज बढ्ने बित्तिकै त्यसको समग्र असर बैंकिंङ प्रणालीमा पर्छ, निक्षेपको ब्याज बढ्छ, त्यसले अन्तत कर्जाको ब्याज बढाउँछ र यसले लागत बढाउँछ।"

ब्याजदर अत्यधिक बढ्न नदिन र ब्याजदरलाई नियन्त्रणमा राखलाई राष्ट्र बैकको यो निर्णयले धेरै ठुलो भूमिका निर्वाह गरेको उनको भनाई छ। 

गत साता बैंक वित्तीय संस्थाहरुले झन्डै १४ प्रतिशतमा १३६० करोडको ट्रेजरी बिल खरिद गर्दा नेपाल सरकारले १० अर्ब तिरेको थियो भने नेपाल राष्ट्र बैंक आफैंले ३६० करोडको ट्रेजरी बिल खरिद गरेको थियो। तर यस पटक नेपाल सरकारले नतिरेपनि राष्ट्र बैंक आफैंले ट्रेजरी बिल खरिद गर्नु भनेको ब्याजदरमा राष्ट्र बैंक 'सिरियस' देखिएको र ब्याजदरमा मनपरि नगर्नलाई संकेत दिएको देखिन्छ। 

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल मार्फत नेपाल सरकारको लागि आन्तरिक ऋण उठाउने गर्दछ। राष्ट्र बैंकले गत आर्थिक बर्षको ट्रेजरी बिल नै अहिले नबिकरण गरेको हो। सरकारले चालू आर्थिक बर्ष २५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। उक्त ऋण उठाउने कार्यतालिका आउँन बाँकी नै छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved