EXCLUSIVE: २६ वाणिज्य बैंक मध्ये कुनको लाभांश क्षमता कति? (बोनस र नगद सहितको प्रक्षेपण)

म नो ज /बिजपाटी

म नो ज /बिजपाटी

Aug 08, 2022 | 10:41:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्ने क्रममा छन्। यसै सन्दर्भमा नेप्सेमा सुचिकृत  मध्ये २५ वटै बाणिज्य बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेको छन्। 

लगानीकर्ताले संस्थाहरुको वित्तीय विवरणलाई आधार मानेर लगानीको निर्णय गर्ने भएकाले नेप्सेमा सुचिकृत कम्पनीहरुको वित्तीय विवरणले विशेष महत्त्व राख्दछ। कम्पनीहरुले प्रस्तुत गर्ने चौथो त्रैमासको वित्तीय विवरणको आधारमा उनीहरुको वित्तीय सबलता र लाभांश क्षमता थाहा हुने भएकाले पनि यसको झनै महत्त्व हुने गर्दछ। 

केहि पहुँचवाला ठूला लगानीकर्ताहरु सूचनाको पहुँचमा भएपनि अधिकांश सर्वसाधारण लगानीकर्ताहरु भने यो अवसरबाट बन्चित नै हुन्छन्। सर्वसाधारण लगानीकर्ताको आवश्यकतालाई महसुस गर्दै बिजपाटी डटकमले विगतमा झैँ यस पटक पनि नेप्सेमा सुचिकृत संस्थाहरुको वित्तीय विवरण तथा  लाभांश क्षमता प्रक्षेपण गरेको छ। 

 हामीले यहाँ २६ वाणिज्य बैंकहरुको लाभांश क्षमता र उनीहरुले दिन सक्ने लाभांशको प्रक्षेपण गरेका छौं। प्रस्तुत छ २६ वाणिज्य बैंकको लाभांश क्षमता र दिन सक्ने लाभांशको प्रक्षेपण रिपोर्ट:

कृषि बिकास बैंक 

गत आर्थिक वर्ष कृषि विकास बैंकले २ अर्ब ६९ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ ४० पैसा रहेको छ। बैंकसंग ४१ दशमलब २९.६३ प्रतिशत लाभांश क्षमता रहेको छ।  १०.७९ प्रतिशत नगद र  ५ प्रतिशत बोनस सेयर गरेर बैंकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरिएको छ। 

बैंक अफ काठमांडू 

लुम्बिनी र बैंक अफ काठमान्डू मिलेर बनेको बैंक अफ काठमांडूले गत आर्थिक बर्ष  १ अर्ब ८१ करोड १० लाख खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ ०४ पैसा रहेको छ। बैंकसंग १२.२५ प्रतिशतको लाभांश क्षमता रहेको छ। बिओकेले ५ प्रतिशत नगद र ७ प्रतिशत बोनस गरि १२ प्रतिशत लाभांश   वितरण गर्ने प्रक्षेपण गरिएको छ। बिओके हाल ग्लोबल आइएमई बैंकसँग मर्जर प्रकृयामा रहेको छ। 

सिभिल बैंक 

सिभिल बैंकले गत आर्थिक बर्ष १ अर्ब ३८ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा सिभिल बैंकको प्रति सेयर आम्दानी १५ रुपैयाँ २६ पैसा रहेको छ। बैंकसंग ११. प्रतिशत लाभांश क्षमता रहेको छ। ५. ५० प्रतिशत नगद र ५ प्रतिशत बोनस गरि १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरिएको छ। सिभिल बैंक हाल हिमालयन बैंकमा प्राप्तिको प्रकृयामा छ। 

सेन्चुरी बैंक 

सेन्चुरी कमर्शियल बैंकले गत आर्थिक बर्ष १ अर्ब ३५ करोड खुद मुनाफा आर्जन गरेको छ।  यस अवधिमा सेन्चुरीको प्रति सेयर आम्दानी १४ रुपैयाँ २१ पैसा रहेको छ भने उसंग ९.५४ प्रतिशत लाभांश क्षमता रहेको छ। जसमा सेन्चुरीले ४.९५ प्रतिशत नगद र ४. ५० प्रतिशत बोनस गरि ९.४५ प्रतिशत लाभांश दिन वितरण गर्ने प्रक्षेपण गरिएको छ।  सेन्चुरी बैंक हाल प्रभु बैंकमा प्राप्तिको प्रक्रियामा रहेको छ। 

ग्लोबल आइएई बैंक 

ग्लोबल आइएमई बैकले गत आर्थिक बर्ष  ५ अर्ब २० करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा रहेको छ ग्लोबल आइएमई बैंक पुंजी वृद्धि तथा कारोबार बिस्तार गरी अग्रणी बाणिज्य बैंक बन्ने लक्ष्य सहित अघि बढेको हुनाले यस बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई ७.४० प्रतिशत नगद र ६ प्रतिशत बोनस गरि १३.४० प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरिएको छ। त्यसो त बैंकसंग १३.४५ प्रतिशत लाभांश क्षमता रहेको छ। ग्लोबल आइएमई बैंक बिओके लाई प्राप्तिको प्रकृयामा रहेको छ। 

कुमारी बैंक 

कुमारी बैंकले गत आर्थिक बर्ष २ अर्ब ८३ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा कुमारीको प्रति सेयर आम्दानी १९ रुपैया २७ पैसा रहेको छ।  त्यस्तै कुमारीसंग गत आर्थिक बर्षको कमाइबाट १२. ६६ प्रतिशत लाभांश दिने क्षमता रहेको छ भने ७.६३ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरि १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरिएको छ। 

मेगा बैंक 

मेगा बैंकले गत आर्थिक बर्ष २ अर्ब ८३ करोड खुद मुनाफा आर्जन गरेको छ भने उसको प्रति सेयर आम्दानी १७ रुपैयाँ  ५७ पैसा रहेको छ। मेगासँग ११.४४ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ।  यद्दपि मेगाले ६ प्रतिशत नगद र ५ प्रतिशत बोनस गरि ११ प्रतिशत लाभांश दिने प्रक्षेपण गरिएको छ। मेगा बैंक हाल नेपाल इन्भेष्टमेन्ट बैंकसंग मर्जरको क्रममा रहेको छ। 

लक्ष्मी बैंक 

लक्ष्मी बैंकले गत आर्थिक बर्ष १ अर्ब ६० करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा उसको प्रति सेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा रहेको छ। लक्ष्मीसंग सेयरधनीलाई वितरण गर्न सक्ने क्षमता १०.८७ प्रतिशत रहेको छ भने ५.५३ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरि १०.५३ प्रतिशत लाभांश दिने प्रक्षेपण गरिएको छ। 

नबिल बैक

नबिल बैंकले गत आर्थिक बर्ष ६ अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ भने उसको प्रति सेयर आम्दानी २६ रुपैयाँ ८० पैसा पुगेको छ।  यस अवधिमा नबिलसंग ३९.९४ प्रतिशत लाभांश दिने क्षमता रहेको छ। यद्दपि नबिलले ११.५८ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर गरि ३१.५८ प्रतिशत लाभांश दिने प्रक्षेपण गरिएको छ। 

एनआईसी एसिया 

एनआईसी एसियाले गत आर्थिक बर्ष ४ अर्ब ५२ करोड खुद मुनाफा आर्जन गरेको छ भने यसको यस अवधिमा प्रति सेयर आम्दानी ३९ रुपैयाँ १३ पैसा रहेको छ।  एनआईसीसंग ३३.२६ प्रतिशत लाभांश दिने क्षमता रहेको छ। यद्दपि एनआईसी एसियाले १.३१ प्रतिशत नगद र २५ प्रतिशत बोनस सेयर गरि २६.३१ प्रतिशत लाभांश दिने प्रक्षेपण गरिएको छ।  

नेपाल बैंक 

नेपाल बैकले गत आर्थिक बर्ष ३ अर्ब २६ करोड खुद मुनाफा आर्जन गरेको छ।  यस अवधिमा नेपाल बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा रहेको।  नेपाल बैंकसंग २४. प्रतिशत लाभांश क्षमता रहेको छ।  यद्दपि नेपाल बैंकले  १०.७९ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर गरि १७.७९ प्रतिशत लाभांश दिने प्रक्षेपण गरिएको छ।  

हेर्नुस् २६ वटै वाणिज्य बैंकको लाभांश क्षमता र बैंकले दिन सक्ने लाभांशबारेको प्रक्षेपण ।  


नोट: बैंकहरुको गत आर्थिक बर्षको कमाई, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, उनीहरुको ब्यापार बिस्तार योजना, अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति तथा मर्ज गर्दा स्वापबाट प्राप्त आम्दानीलाई आधार मानेर बैंकहरुको लाभांश क्षमता र दिन सक्ने लाभांश प्रक्षेपण गरिएको हो।  लेखापरीक्षण र  नियामकीय निर्देशन/स्वीकृति पछि मात्र बैंकहरुले लाभांश बितरण गर्ने भएकोले यहाँ प्रक्षेपण गरिएको लाभांश र बैंकले वितरण गर्ने लाभांशमा केहि तलमाथि हुन सक्नेछ। लगानीको निर्णय गर्दा लगानीमा हुने जोखिम बुझेर मात्र लगानीको निर्णय लिन अनुरोध छ । 

प्रस्तुत रिपोर्ट सम्बन्धि तपाईसंग कुनै सुझाव या जानकारी छ भने  [email protected] मा इमेल गर्नु सक्नुहुनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved