बैंकको निक्षेप घट्ने क्रम जारी, साउन लागेपछि ९५ अर्ब घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 05:07:21 PM मा प्रकाशित

laxmi  sunrise bank

साउनको तेस्रो साता बैंकिंङ प्रणालीमा निक्षेप घटेको छ । एक सातामा बाणिज्य बैंकहरुको निक्षेप ४ अर्बले घटेको बैंकर्स संघले जनाएको छ ।

संघका अनुसार साउन १३ गते बैंकहरुको निक्षेप ४४ खर्ब ५० अर्ब रहेकोमा साउन २० गतेसम्ममा बैंकहरुको निक्षेप ४ अर्बले घटेर ४४ खर्ब ४६ अर्ब पुगेको छ । यस अवधिमा कर्जा प्रवाह भने २ अर्बले बढेको छ । संघका अनुसार साउन १३  गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ६४ अर्ब रहेकोमा साउन २० गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह २ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब पुगेको छ । यस अवधिमा  बैंकहरुको सिडी रेसियो ८७.६९ प्रतिशत रहेको संघले जनाएको छ । 

साउन महिना सुरु भएपछिको ३ साताको अवधिमा बैंकको निक्षेप ९५ अर्बले घटेको छ।  असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा साउन २० गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेर  ४४ खर्ब ४६ अर्ब पुगेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved