हिमालयन र सिभिल बैंकले पाए मर्जर तथा प्राप्तिको लागि सैद्दान्तिक सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 05:56:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र सिभिल बैंकलाई एक आपसमा मर्जमा जानको लागि सैद्दान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले आज मर्जरको लागि  सैद्दान्तिक सहमति दिएको हो ।

यस संगै अब दुवै संस्थाले विशेष साधारणसभा बोलाएर मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गर्नु पर्ने  छ । त्यसपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गर्ने छ । 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न लागेको हो । दुई बैंकबीच असार २९ गते बुधबार गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हिमालयन बैंकको तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए ।

 सम्झौता अनुसार प्राप्ति पश्चात बन्ने बैंकको नाम हिमालयन बैंक नै हनेछ भने सिभिलको नाम विलय हुनेछ। त्यस्तै संचालक समितिमा पनि हिमालयन बैंकको संचालक मात्र रहनेछन्।  कर्मचारी तर्फ हिमालयन बैकका अशोक शमशेर राणा नै सीईओ बन्नेछन् भने सिभिल बैंकका सीईओ सुनिल पोखरेल वरिष्ठ डेपुटी सीईओ हुनेछन्। त्यस्तै दुवै बैंकबीच कर्मचारी समायोजनमा पनि सहमति जुटेको छ। कर्मचारी समायोजन गर्दा खाईपाई आएको तलब सुविधा घट्नेछैन भने समान पदमा समायोजन हुनेछ।  

हिमालयन र सिभिलबीच स्वाप रेसियो १००:८१ हुने सहमति जुटेको छ। जस अनुसार सिभिल बैंकको १०० कित्ता शेयर हुनेले प्राप्तिपछि बन्ने हिमालयन बैंकको ८१ कित्ता शेयर पाउने छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved