
नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्ने क्रममा छन्। लगानीकर्ताले संस्थाहरुको वित्तीय विवरणलाई आधार मानेर लगानीको निर्णय गर्ने भएकाले नेप्सेमा सुचिकृत कम्पनीहरुको वित्तीय विवरणले विशेष महत्त्व राख्दछ।
कम्पनीहरुले प्रस्तुत गर्ने चौथो त्रैमासको वित्तीय विवरणको आधारमा उनीहरुको वित्तीय सबलता र लाभांश क्षमता थाहा हुने भएकाले पनि यसको झनै महत्त्व हुने गर्दछ। केहि पहुँचवाला ठूला लगानीकर्ताहरु सूचनाको पहुँचमा भएपनि अधिकांश सर्वसाधारण लगानीकर्ताहरु भने यो अवसरबाट बन्चित नै हुन्छन्। सर्वसाधारण लगानीकर्ताको आवश्यकतालाई महसुस गर्दै बिजपाटी डटकमले विगतमा झैँ यस पटक पनि नेप्सेमा सुचिकृत संस्थाहरुको वित्तीय विवरण तथा लाभांश क्षमता प्रक्षेपण गरेको छ।
सोमबार बिजपाटीले वाणिज्य बैंकहरुले दिन सक्ने लाभांशबारेको प्रक्षेपण रिपोर्ट प्रकाशन गरेको थियो ।
आज हामीले फाइनान्स कम्पनीहरुको लाभांश क्षमता र उनीहरुले दिन सक्ने लाभांशको प्रक्षेपण गरेका छौं। प्रस्तुत छ फाइनान्स कम्पनीको लाभांश क्षमता र दिन सक्ने लाभांशको प्रक्षेपण रिपोर्ट:
नोट:कम्पनीहरुको गत आर्थिक बर्षको कमाई, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, उनीहरुको ब्यापार बिस्तार योजनालाई आधार मानेर लाभांश क्षमता र दिन सक्ने लाभांश प्रक्षेपण गरिएको हो। लेखापरीक्षण र नियामकीय निर्देशन/स्वीकृति पछि मात्र कम्पनीहरुले लाभांश बितरण गर्ने भएकोले यहाँ प्रक्षेपण गरिएको लाभांश र कम्पनीले वितरण गर्ने लाभांशमा केहि तलमाथि हुन सक्नेछ। लगानीको निर्णय गर्दा लगानीमा हुने जोखिम बुझेर मात्र लगानीको निर्णय लिन अनुरोध छ ।
प्रस्तुत रिपोर्ट सम्बन्धि तपाईसंग कुनै सुझाव या जानकारी छ भने [email protected] मा इमेल गर्नु सक्नुहुनेछ।
यस अघि : EXCLUSIVE: २६ वाणिज्य बैंक मध्ये कुनको लाभांश क्षमता कति? (बोनस र नगद सहितको प्रक्षेपण)