कुमारी बैंकका ग्राहकलाई होटेल शिरीष प्रालिमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2022 | 06:29:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकका ग्राहकले होटेल शिरीष प्रालिमा छुट पाउने भएका छन् । कुमारी बैंक र कपुरकोट नगरपालिका, वडा नम्बर ०३, सल्यानस्थित होटेल शिरीषबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल शिरीषका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको जनाएको छ । बैंकका अनुसार सम्झौतापछि डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

 बैंकले   १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट  बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved