बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्सबिच भुक्तानी सेवा सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2022 | 07:00:26 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा. लि. बाट सञ्चालित मोको डिजिटल वालेटसंग भुक्तानी सेवा सम्बन्धी  सम्झौता भएको छ । सम्झौता पश्चात् बैंकका कार्डबाहक ग्राहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार ग्राहकले कार्ड लिंक पश्चात् मोको डिजिटल वालेट मार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्नेछ । भुक्तानी सेवाहरुमा जस्तै मोबाइृल टपअप, इन्टरनेट, विद्मुत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग मिल्नेछ । साथै, बैंकका कार्डबाहक महानुभावहरुले मोको मार्फत स्क्यान गरी १५०० भन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्ने बैंकले जनाएको छ । 

 बैंकका कार्डबाहक ग्राहकले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यस सेवाको प्रयोग गर्न ग्राहकले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ ।   

बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट  बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved