महिलाहरुको महान चाडँ हरितालिका तिजको अवसर पारेर सनराइज बैंकले विशेष अफर ल्याएको छ । तिजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्य नजर गर्दैै बैंकले भाद्र १ गते देखि भाद्र १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशत सम्म वा रु ५०० नबढ्ने गरी क्यासव्याक दिने व्यवस्था गरेको जनाएको छ ।
साथै भाद्र महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि डेबिट कार्ड, मोबाइल बैंकिंग, डिम्याट, मेरोशेयर, र क्रेडिट निशुल्क तथा तथा गरगहना राख्नको लागि लकर सुविधा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।
बैंकले सन्राइज नारी बचत खातामा रु १०,००० सम्मको प्रसुती खर्च र रु ५ लाख सम्मको घातक रोग खर्च दिदै आएको छ । साथै स्वास्थ्य योजना अन्तर्गत रु १ लाख सम्मको स्वास्थ्य बीमा र रु ५ सम्मको दुर्घटना बीमा समेत दिदै आएको छ ।