कपाल काट्दा क्यूआरमार्फत पैसा तिर्न सकिने, माछापुच्छ्रेले नाई संघलाई दियो कोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2022 | 04:49:23 PM मा प्रकाशित

laxmi sunrise bank

माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्यु.आर. कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा सहयोग गर्ने उदेश्यले बैंकले “नेपाल नाई संघ”लाई क्युआर कोड हस्तान्तरण गरेको हो ।

देशका विभिन्न स्थानमा रहेका ३ लाख भन्दा बढी सैलुन व्यवसायीहरुलाई लाभान्वित बनाउने उद्देश्यले बैंकले नेपाल नाई संघलाई क्युआर हस्तान्तरण गरेको हो । 

राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा “नेपाल नाई संघ”का अध्यक्ष  राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गरेका हुन् ।

उक्त क्युआर हस्तान्तरण पछि ग्राहकले “नेपाल नाई संघ”मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिएवापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्नेछन् ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved