एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको सुरुवात गरेको छ । बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकहरुले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार बैंकको वेबसाइट मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरुलाई केवाईसी विवरण सम्बन्धमा दुइ विकल्प राखिएको छ । जसमा, ग्राहकले आफ्नो केवाईसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँग भिडियो कल गरि उक्त कल मार्फत केवाईसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ ।
बैंकका अनुसार ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरि भिडियो कल मार्फत आफ्नो केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्ने छन् वा बैंकिङ्ग समयमा भिडियो कलको लागि समय लिएर सो समयमा केवाईसी विवरण अद्यावधिक गर्नु पर्ने छ । ग्राहकहरुले भिडियो केवाइसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता÷पासपोर्ट÷ड्राइभिङ लाइसेन्स÷ भोटर कार्ड) तथा सेतो कागज र कालो÷निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियोकल मार्फत देखाउनु पर्ने बैंकले जनाएको छ।
भिडियो केवाईसी मार्फत केवाईसी विवरण भरेपछि ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्ने छन्।