माछापुच्छ्रे बैंकले बारा स्थित गढीमाई मन्दिर संचालन तथा विकास समितिमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल सेवालाई बढावा दिने उद्देश्यका साथ क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले संयुक्त रुपमा गढीमाई संचालन तथा विकास समितिका अध्यक्ष राम चन्द्र साहतेलीलाई कुआर कोड हस्तान्तरण गरेका हुन् ।
बैंकका अनुसार यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोड बाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरुले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।