नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी Alliance for Financial Inclusion (AFI) र सेन्ट्रल बैंक अफ जोर्डनको संयुक्त आयोजनामा जोर्डनको डेड सीमा आयोजित 'ग्लोबल पलिसी फोरम, २०२२' मा सहभागी भएका छन् ।
सो कार्यक्रमका अवसरमा गभर्नर अधिकारीले सेप्टेम्बर ५ मा AFI को बोर्ड अफ डाइरेक्टर्स मिटिङ, सेप्टेम्बर ६ मा AFI को वार्षिक बैठक, AFI Leaders' Public-Private Dialogue (PPD) Roundtable, सेप्टेम्बर ७ मा 2022 AFI GPF को शुभारम्भ समारोह, Plenary Sessions, Technical Breakouts लगायतका कार्यक्रममा सहभागी भएका थिए।
साथै, Technical Breakout 2- Innovative Finance: Accelerating MSME Access to Finance, A Regulatory Perspective मा गभर्नर अधिकारीले Theme Setter वक्ताको रुपमा डिजिटल फाइनान्सका आयाम, यसले लघु, साना तथा मझौला उद्योगलाई पुग्ने सहयोग, नियमानकारी संस्थाका चुनौतीलगायतका विषयमा धारणा राखेका थिए।
सेप्टेम्बर ७ मा South Asia Region Financial Inclusion Initiative (SARFII) को औपचारिक शुभारम्भ भएको छ । सो समारोहमा AFI मा आबद्ध केन्द्रीय बैंक र अन्य सदस्य संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
माल्दीभ्सको केन्द्रीय बैंक माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम अध्यक्ष र गभर्नर महाप्रसाद अधिकारी सार्कीको उपाध्यक्षमा चयन भएका छन् । माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्रमशः अध्यक्ष र उपाध्यक्षको हैसियतमा उद्घाटन मन्तव्य राखेका थिए ।
SARFII को औपचारिक शुभारम्भको अघिल्लो दिन सेप्टेम्बर ६ मा आयोजित समारोहमा माल्दीभ्स मनिटरी अथोरिटी र नेपाल राष्ट्र बैंकका गभर्नर, स्टेट बैंक अफ पाकिस्तान र बङ्गलादेश बैंकका डेपुटी गभर्नर तथा एलायन्स फर फाइनान्सियल इन्क्लुजनका कार्यकारी निर्देशक डा. अल्फ्रेड ह्यानिङले 'सार्की चार्टर'मा हस्ताक्षर गर्नुभएको थियो । उक्त समारोहमा बङ्गलादेशको माइक्रो क्रेडिट रेगुलेटरी अथोरिटी, रोयल मनिटरी अथोरिटी अफ भुटान र सेन्ट्रल बैंक अफ श्रीलङ्काका प्रतिनिधिको समेत सहभागिता रहेको थियो।
दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको प्रवर्द्धनका निम्ति नीतिगत व्यवस्थाको तर्जुमा र सोको कार्यान्वयनलाई सबल बनाउने सामूहिक अभ्यासस्वरूप सार्फीको शुभारम्भ भएको हो।
सार्कीअन्तर्गत क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुकरण गर्दै सबै वर्गमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नेलगायतका रणनीतिक स्तम्भहरू तय भएका छन् । यसअन्तर्गत दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको प्रवर्द्धनका निम्ति सन् २०२३ -२०२५ सम्म कार्यान्वयन गर्नेगरी विभिन्न कार्ययोजनाहरू प्रस्ताव गरिएका छन् ।
AFI को Flagship Program को रूपमा रहेको 'ग्लोबल पलिसी फोरम' को उद्घाटन जोर्डनका प्रधानमन्त्री डा. बिशेर अल-खसानेहले गर्न भएको थियो । सो कार्यक्रममा गभर्नर अधिकारीका साथ बैंकका कार्यकारी निर्देशक नरेश शाक्यलगायत अन्य अधिकृतहरूको उपस्थिति रहेको राष्ट्र बैंकले जनाएको छ।