हिमालयन बैंक लिमिटेडले अन्तराष्ट्रिय अवार्ड पाएको छ । एशियाली विकास बैंकले हिमालयन बैंकलाई 'TSCFP Award 2022- Leading Bank in Nepal' प्रदान गरेको हो ।
बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले एडिबिद्वारा सेप्टेम्बर ६, २०२२, सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरेका हुन्।
एशियाली विकास बैंकले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवर्द्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको बैंकले जनाएको छ।