एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरुलाई आधा दर्जन भन्दा बढी सुविधा भएको तलवी खाता प्रदान गरिरहेको जनाएको छ। बैंकले हाल एनआईसी एसिया गुडविल एम्ब्यासडर खाता, द प्राइड अफ एनआईसी खाता र द पार्टनर अफ एनआईसी एसिया खाता गरि कुल ३ प्रकारका तलवी खाता संचालन गरिरहेको छ ।
यी खाताहरुमा बैंकले दर्जनौ सेवा प्रदान गरिरहेको जनाएको छ । बैंकका अनुसार हाल ३ वटै खातामा शुन्य मौज्दातमा खाता खोल्न सकिने छ भने वार्षिक ८.०३ प्रतिशत ब्याज प्रदान गरिने छ । बैंकका अनुसार ५० भन्दा बढी कर्मचारी भएका संस्थाले एनआईसी एसिया गुडविल एम्ब्यासडर खाता, ५ देखि ४९ जना कर्मचारी भएका संस्थाले द प्राइड अफ एनआईसी खाता र १ देखि ४ कर्मचारी भएका संस्थाले द पार्टनर अफ एनआईसी एसिया खाता खोल्ने सक्ने छन् ।
यी खाताहरुमा बैंकले दुर्घटना बीमा, घातक रोग बीमा, औसधि उपधार बीमा सेवा पनि प्रदान गरिरहेको छ । बैंकका अनुसार एनआईसी एसिया गुडविल एम्ब्यासडर खातामा खातावाल सहित खातावालले तोकेको अन्य ३ जनालाई समेत वीमा सेवा प्रदान गरिने छ ।
त्यस्तै बैंकले आफ्ना तलवी खातामा सम्पति अभिवृद्धि योजना समावेश गरेको छ जसमा ग्राहकले ५ वर्षसम्म डिम्याट र मेरो शेयर सुविधा निशुल्क पाउने छन् । त्यस्तै पोर्टफोलियो ब्यबस्था सेवामा ५ वर्षको लागि ५० प्रतिशत छुट प्रदान हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार तलवी खाता वाहकलाई कर्जा लिंदा निम्न थप सेवा प्रदान गरिने छ ।
यी खाताहरुमा इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, डेबिट कार्ड, र नेपालको जुन सुकै बैंकबाट पनि नगद झिक्दा ५ वर्षसम्म शुल्क नलाग्ने बैंकले उल्लेख गरेको छ ।
यी बाहेक ग्राहकले बैंकबाट पाउने सेवा ढिलो पाएमा त्यस वापत बैंकले ग्राहकलाई क्षतिपूर्ति दिने सुविधा समेत यी खाताहरुमा रहेको बैंकले जनाएको छ।