गत साता बैंकहरुको निक्षेप ८ अर्ब बढ्यो, ७ अर्बको कर्जा प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2022 | 04:51:00 PM मा प्रकाशित

laxmi sunrise bank

गत साता बैंकिंङ प्रणालीको निक्षेप बढेको छ। भदौ महिनाको १७ गतेसम्म बाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ३७ अर्ब रहेकोमा भदौ २४ गतेसम्म बैंकहरुको निक्षेप ८ अर्बले बढेर ४४ खर्ब ४५ अर्ब कायम रहेको बैंकर्स संघले जनाएको छ ।

  यस अवधिमा कर्जा प्रवाह भने ७  अर्बले बढेको छ । संघका अनुसार भदौ १७ गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ८१ अर्ब रहेकोमा भदौ २४ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह ७ अर्बले बढेर ४१ खर्ब ८८ अर्ब पुगेको छ । यस अवधिमा  बैंकहरुको सिडी रेसियो ८८.३६ प्रतिशत रहेको संघले जनाएको छ । 

चालु आर्थिक वर्ष सुरु भएयता बैंकको निक्षेप ९६ अर्बले घटेको छ।  असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा भदौ २४ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेर  ४४ खर्ब ४५ अर्ब पुगेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved