प्रभु बैंकका ग्राहकलाई गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2022 | 07:45:10 PM मा प्रकाशित

laxmi sunrise bank

प्रभु बैंकका ग्राहकले गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने भएका छन् । प्रभु बैंक र पोखरा स्थित गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट पोखरा शाखा कार्यलय प्रमुख पुष्कर शेरचन र गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चका तर्फ बाट प्रिन्सिपल प्रोफेसर डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चद्धारा सञ्चालित हस्पिटल सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार सम्झौता अन्तर्गत गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved