संचालनमा आयो सानिमा बैंकको 'क्यास डिपोजिट मेसिन', ग्राहकलाई लाइन बस्ने झन्झटबाट मुक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 10:51:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै 'क्यास डिपोजिट मेसिन' संचालनमा ल्याएको छ।  उक्त मेशिनबाट ग्राहकहरुले आफैले नै आफुले चाहेको खातामा रकम जम्म गर्न सक्ने बैंकले जनाएको छ। 

यस सुविधाबाट ग्राहकहरुलाई लाइन बस्न पर्ने झन्झटबाट मुक्ति मिल्ने तथा ग्राहकको समयको पनि बचत हुने बैंकले विश्वास लिएको छ। 

हाल उक्त मेशिनबाट ग्राहकहरुले ५०० र १००० दरका १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन्। हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ ।  

सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved