प्रभु बैंकका ग्राहकलाई न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2022 | 05:43:45 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकका ग्राहकले हसनपुर, धनगढीस्थित न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टरमा छुट पाउने भएका छन् । बैंक र न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टरबीच छुट सम्बन्धि सम्झौता भएसँगै बैंकका ग्राहकले छुट पाउने भएका हुन् । 

सम्झौतामा बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रवि कान्त जोशी र न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टरका तर्फबाट निर्देशक डा. सुरेन्द« भट्टले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टरमा उपलब्ध सेवामा १० प्रतिशतका छुट पाउने छन् । 

उक्त छुट सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गबाट भूक्तानी गर्नुपर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved